Gokarna Progm 6काठमाडौ। साविक गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वर–११ (हाल गोकणेश्वर–४) का महिला दिदीबहिनीहरुको क्षमता अभिबृद्धि संवन्धी महिला नेतृत्व विकास कार्यक्रम शुभारम्भ भएको छ। गोकर्णेश्वर नगरपालिकाकी नवनिर्वाचित उपमेयर शान्ता नेपालले यस कार्यक्रमको गोकर्ण माध्यमिक विद्यालयको प्रांगणमा शुभारम्भ गरेकी हुन्।

Gokarna Progm 5शुभारम्भ कार्यक्रममा उपमेयर नेपालले यस कार्यक्रमले महिला नेतृत्व विकासमा ठोस सहयोग पुग्ने दावी गरेकी छन्। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ वडा सदस्य जयराम महत, नामी साप्ताहिक तथा संचार मिडिया ग्रुपका अध्यक्ष एवम् प्रधानसम्पादक नारायण राई र स्थानीय विभिन्न पार्टीका नेताहरु विष्णु सोनाम, बालकृष्ण श्रेष्ठ, रामलाल श्रेष्ठ लगायतले कार्यक्रमको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए।

Gokarna Progm 3शुभारम्भ कार्यक्रममा आयोजक महिला उपभोक्ता समितिकी कोषाध्यक्ष नानीमैया श्रेष्ठव्दारा स्वागत भाषण, अनिता तामाङ्गव्दारा कार्यक्रम संचालन तथा सभापतित्व समितिकी अध्यक्ष सीता श्रेष्ठवाट भएको थियो। यस कार्यक्रममा नेतृत्व विकासमा अत्यन्त आवश्यक आम संचारको तालिम प्रदान गरिने जानकारी तालिम प्रशिक्षक श्याम स्मृतले भनेका छन्।

Gokarna Progm 4जसमा भाषणकला, उदघोषणकला, रेडियो तथा टेलिभिजनमा बोल्ने तौर–तरीका, समाचार र यसको आवश्यकता जस्ता क्षमता अभिबृद्धि संवन्धी सीपमूलक तालिम प्रदान गरिने पनि प्रशिक्षक स्मृतले बताए। कार्यक्रम जेष्ठ २८ गतेसम्म संचालन हुने भएको छ।

Gokarna Progm 2प्रकाशन मिति–२०७४ साल जेष्ठ १५ गते सोमवार ।