Manang Air 1काठमाडौ। काठमाडौवाट रसुवाको गोसाइँकुण्डका लागि यात्रु लिई उडेको मनाङ एयरको हेलिकप्टर शनिवार विहान १० बजेतिर अवतरणको क्रममा क्षति भएको छ।

६ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर अर्थात पुच्छरको भाग गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ। हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेको पनि सोही एयरले भनेको छ।

हेलिकप्टर मर्मत गरी काठमाडौ ल्याउन र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको पनि बताइएको छ।Manang Air 2

प्रकाशन मिति–२०७४ साल जेष्ठ २७ गते शनिवार ।