काठमाडौं। ६५ बर्षको उमेरमा बरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले घोडा चढेर रेकर्ड राखेकी छन्। कहिलेपनि घोडा नचढेकी अभिनेत्री गिरीले चलचित्र छक्का–पञ्जा ३ मा घोडा चढेर रेकर्ड राखेकी हुन्। सानैदेखि आँटिली तथा जोशिली अभिनेत्री गिरीलाई छक्का–पञ्जा ३ की निर्देशक दीपाश्री निरौलाले घोडा चढने दिज्यू भनेपछि हुरुक्क बनेर घोडा चढेको त्यो गौरबमय पललाई माघीको दिनमा संझेकी छन्।

जिन्दगीमा कहिले पनि घोडा नचढेको मान्छेले मज्जाले चढेर घोडा दगुराउंदा धेरैले तारिफ गरेको र कतिले हजुर प्रोफेशनल हर्स राइडर “हो” भन्दा “हो” भनेर दंग परेको त्यो पललाई पनि संझेकी छन्। त्यसको अलावा सानोमा काठमाडौंको पशुपतिनाथ परिसरको बागमती नदीमा कस्सिएर पौडी खेल्दा बगाउंदा पनि कति पनि नडराएको अभिनेत्री गिरीले भनेकी छन्।

नेपाल राष्ट्र बैंकको जागिरे जीवनवाट अवकाश प्राप्त अभिनेत्री गिरी यतिखेर ७० बर्षको उमेरको हाराहारीमा पुगेतापनि त्यो जोश र जाँगर नमरेको तथा अझै जोशिला अभिनय गर्न पछि नपर्ने वताएकी छन्। काठमाडौं पशुपति देवपतनमा जन्मी–हुर्केकी अभिनेत्री गिरीले नेपाली तथा नेपालभाषाका साना तथा ठूला पर्दाका चार सयमभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।


प्रकाशन मिति–२०७७ साल माघ १ गते विहीवार ।