M/s Satya Kala Rai- Vetran Singer of Nepal
M/s Satya Kala Rai- Vetran Singer of Nepal

काठमाडौ। सत्यकला राई यो नामै शालिन अनि सुशील र सौम्य नाम हो। नाम जस्तै नेपालकी चर्चित गायिका सत्यकला राईको शैली पनि त्यस्तै रहेको छ। English भाषामा त्रिभुवन विश्वविद्यालयवाट डिग्री होल्डर गायिका राई आँखामा सधै गाजल लगाउनुको साथै नाकमा चश्मा अड्काएर संसारलाई सकारात्मक सोचवाट सवैको खुशी हेर्न चाहने यी गायिका हालै चितवनमा आयोजित एक कार्यक्रममा अवार्डेट बनेकी छन्।

Satya Kala Rai 4चितवनस्थित कालिका एफएमव्दारा आयोजित १३ औं कालिका एफएम अवार्ड–२०७४ मा महिला आधुनिक गीततर्फ उत्कृष्ट गायिकाको अवार्ड जित्न सफलता प्राप्त गरेकी छन्। यो बर्षको गायिका राईको अत्यन्त सर्वाधिक चर्चित गीत र्याई र्याई गर्यो सारंगी बोलको गीतको लागि गायिका राईलाई उक्त अवार्ड दिइएको थियो। त्यस अवार्डका प्रतिव्दन्दीहरुमा अञ्जु पन्त, मिलन अमात्य, मेलिना राई थिए। उनीहरुलाई पछाडि पारेर सर्वोत्कृष्ट बनेको दिन पहिलो पल्ट सत्यकला राईले चश्मा फुकालेकी थिइन्।

Satya Kala Rai 1

गाउनमा सजिएर पहिलो पल्ट अवार्ड कार्यक्रममा पुगेकी सत्यकलालाई गाउनमा चश्मा लगाउन असहज महशुश भयो। र चश्मा फुकालेर अवार्ड थापेकी सत्यकलाको रुप नै बेजोड देखेकी थिइन्। फरक शैलीमा फरक देखिएपछि सोही स्टाइलमा अवार्डेट गीत गाएर त्यहाँ सवैलाई मनोरञ्जन प्रदान गर्न पनि सफलता प्राप्त गरेकी छन्।

Satya Kala Rai 3

हङकङ आइडी, इन्टरनेटैमा जस्ता कालजयी गीतहरुवाट गायनको उच्च–शिखरतामा पुगेकी सत्यकलाको लागि त्यो अवार्ड अवश्य पनि पहिलो नभएतापनि चश्मा फुकालेर थापेको अवार्ड भने पहिलो भएको छ। चश्मा लगाउन थालेको धेरै बर्षभएतापनि चश्मा सत्यकलाको आइडेन्टी बनिसकेको छ।

Satya Kala Rai 2

चश्मा फुकालेपछि सयौले उमेर घट्यो भनेर प्रतिक्रिया दिएपछि चश्माको स्थानमा कन्टाक्ट लेन्स लाउने पो हो कि भन्ने सोच बनाउन थालेकी थिइन् तर, यतिखेर पुरानै चश्माकै स्टाइल नै ठीक भनेर चश्मालाई निरन्तरता दिएकी छन्। पुरानो आइडेन्टीवाट चिनेकी सत्यकला पुरानै स्टाइलमा सत्यकला राई पाएको अनुभवमा रहेकी छन्। त्यसैले नयाँ अनुहारमा सत्यकलालाई अलि निको लागेको छैन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक ८ गते बुधवार ।