काठमाडौं। छिमेकी मुलुक भारतले १० लाखा कोरोनाभाइरस विरुद्धको खोप दिएयता त्यसलाई नेपालमा लगाउन शुरु गरेयता अर्को छिमेकी मुलुक चीनले पनि नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने भएको छ। नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको हो।

उक्त कुरालाई काठमाडौंस्थित चिनियाँ दूताबासले पुष्टि गरेको छ। चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि चीन सरकारले नेपाललाई प्राथमिकतामा राखेको चिनियाँ दूतावास सुमाचार स्रोतले भनेको छ।

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको हो । यो खोपले चीनमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ, तर नेपालमा दर्ता भएको छैन्।

सिनोफर्मको खोप नेपालमा दर्ता गर्न नेपाली अधिकारीहरुसँग कुराकानी भइरहेको समेत दूताबासले जनाएको छ।
प्रकाशन मिति–२०७७ साल माघ १८ गते आइतवार ।