काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १६ गते शनिवार गर्ने भनिएको नेपाल बन्द फिर्ता भएको छ।

नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द फिर्ता लिने निर्णय गरेको हो।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नेपाल सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले १६ गते नेपाल बन्दको घाषणा गरेको थियो।

अहिले चलिरहेको एसइई परीक्षालाई कुनै असर नपरोस भनि बन्द फिर्ता लिएको विप्लव नेतृत्व समाचार स्रोतले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र १३ गते बुधवार ।