काठमाडौं। नेपाली फिल्मलाइनमा युवा पुस्तावाट अत्यन्त नाम तथा दाम कमाउन सफल नायकमा अनमोल केसी देखिएका छन्। सुपरस्टार हिरो भुवन केसीका कान्छो छोरा अनमोल केसी पछिल्लो समयमा निक्कै चर्चाको शिखरमा पुगेको हो।

यिनै चर्चाको शिखरमा ख्याति कमाइरहेका युवा नायक अनमोल केसी ख्यातिप्राप्त फोटोग्राफर तथा फ्रेमर च्याङ्बा लामाको काठमाडौं महानगरपालिका वडा नंबर १० बुद्धनगर, बानेश्वर स्थित सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीमा विहीवार पुगेका छन्।

अप्रत्यासित रुपमा हजारौ म्युजिक भिडियोका चर्चित मोडल निरञ्जन प्रधानका साथमा पुगेका नायक केसीले फोटोग्राफर लामाको फोटोग्राफी र फ्रेमको दिल खोलेर तारिफ गरेका छन्। चिताकर्षक मनमोहक फोटो तथा फोटोलाई सजाउने गजब गजबका फ्रेमहरुवाट चकित नायक केसीले आफ्ना फोटोलाई पनि च्याङ्बा लामाले नै तयार पारेका नफुटने फ्रेममा फ्रेमिङ गरेर बैठक कोठामा सजाउन लगेका छन्।

हुड्डी लगाएर अनमोल केसी च्याङ्बा लामाको कंपनीमा पुग्दा पनि प्रायले चिने । सवैजना अनमोल केसीसंग फोटो खिचाउन नै व्यस्त वनेका थिए। कोरोनाको महामारीको कारण सिनेमा हल बन्द भएको कारण नेपाली फिल्म उद्योग ठप्प नै भएतापनि विभिन्न प्रडक्टहरुका एडभरटाइजहरुमा व्यस्त बनिरहेका अनमोल केसी नयाँ पुस्ताको आवेग तथा क्रेज नै हो।


प्रकाशन मिति–२०७७ साल पुस ९ गते शुक्रवार ।