काठमाडौं। नेपाली फोटोग्राफी तथा फ्रेमिङका कारण व्यापक चर्चामा रहेका नेपाली फोटोग्राफर च्याङ्बा लामाको पछिल्लो फोटोले विश्व खाएको छ।

सामाजिक सञ्जालहरुमा पोष्टिङ भएको हप्ता दिन नपुग्दै फोटोग्राफर लामाको फोटो व्यापक भाइरल बनेपछि त्यस फोटोले विश्व खाएको हो। त्यसरी विश्वव्यापी भएको फोटोग्राफर लामाको पछिल्लो फोटो गायिका तथा मोडल रितु तामाङको चित्ताकर्षक फोटो नै हो।

गायिका तामाङका फरक फरक पोजका गजबका फोटाहरुले हप्ता दिन नपुग्दै लाखौंले हेरेको दावी फोटोग्राफर च्याङ्बा लामाको रहेको छ। एकाएक आफू फोटोग्राफर च्याङ्बा लामाको फोटोग्राफीको कारण विश्वव्यापी चर्चामा आउंदा आफूलाई गजबै लागेको प्रतिक्रिया पनि गायिका तामाङले भिजन संसार डटकमलाई दिएकी छन्।

एकाएक रातारात तुरुन्ता तुरुन्तै सेलिब्रेटी भएकोमा गायिका तामाङ मक्खै परेकी छन्। फोटोग्राफर च्याङ्बा लामा भने तीन छक्क अठार दंगै भएका छन्।


प्रकाशन मिति–२०७६ साल असोज ५ गते आइतवार ।