काठमाडौं। मनै लोभ्याउने फोटोग्राफी तथा चित्ताकर्षक विश्वप्रसिद्ध फ्रेम डिजाइन तथा मेकिङका कारण नेपालका फोटोग्राफर च्याङ्बा लामा चर्चाको शिखरमा रहेका छन्।

यिनै चर्चित फोटोग्राफर च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीवाट उत्पादित नयाँ–नयाँ डिजाइनका फ्रेम लिनका लागि देश देखि विदेशसम्मवाट अर्डर आउने थालेवाट चर्चाले व्यापकता पाएको पुष्टि भएको हो।

विवाहका मनै लोभ्याउने फोटाहरुलाई च्याङ्बा लामाको फ्रेम कंपनीवाट उत्पादित मनमोहक चित्ताकर्षक फ्रेमहरुमा सजाउने पारखीहरुले लामाकै कंपनी खोजी–खोजी आउने गरेको छ। नेपालका नेता देखि अभिनेतासम्मका मनमा बस्न सफल लामाको काठमाडौं नयाँ बानेश्वर बुद्धनगरस्थित सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीवाट नव विवाहित छोरा–बुहारीको तस्बीर सहित विलकुलै नयाँ डिजाइनको गजबको फ्रेम लिएर जान पाउंदा भक्तपुरका राजेन्द्र हाडा समेत दंगै परेका थिए।

पेशाले बैंकर हाडाले फोटोग्राफर च्याङ्बा लामाको फोटोग्राफी र फ्रेमिङ आफूलाई असाध्यै मन परेको प्रतिक्रिया व्यक्त गरेका छन्। राम्रो काम गर्ने मान्छेको संसारभर तारिफ हुने पनि बैंकर हाडाले भिजन संसार डटकमलाई भनेका छन्। फोटोग्राफर च्याङ्बा लामा पनि ग्राहक चाहना र सोच अनुरुपको नयाँ डिजाइन तथा शैलीमा आफूले विभिन्न फ्रेमहरु बजारमा ल्याउने गरेको बताउछन्।

प्रकाशन मिति–२०७५ साल पुस २३ गते सोमवार ।