CK Raut 1

काठमाडौ। स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो।

सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए। माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र, देश टुक्राउने अभिव्यक्ति दिएका थिए। जनकपुरमा पक्राउ गरिएका सीके राउतलाई जिल्ला प्रहरी कार्यालय सिराहामा पठाइएको छ। समाचार स्रोतका अनुसार सिराहामा राउतलाई राज्य विप्लवको मुद्दा लगाउने तयारी भएको छ।

CK Raut 2

त्यस मुद्दा चलाउन राउतलाई काठमाडौ विशेष अदालतमा चलान गर्नु पर्छ। काठमाडौ विशेष अदालत चलान गर्नका लागि संपूर्ण तयारी सिराहावाटै हुने भएको छ। राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर,राउत धरौटीमा छुटेका थिए।

राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजायँ हुन्छ। राउतले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तिमा दुईवर्षसम्म कैद सजायँ हुन्छ।

राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ।
प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।