Japan floodingकाठमाडौ। जापानको दक्षिणी क्षेत्रमा आएको बाढीमा परी मर्नेको संख्या १५ पुगेको छ। बाढीमा हराइरहेका अरु १५ जनाको खोजी भइरहेको छ।

जापानी समाचार एजेन्सीका अनुसार खोजीमा बाक्लो लेदोका कारण उद्धारकर्ताहरुले कठिनाइ भोगेका छन् । सयौंलाई उद्धार गरिसकिएको छ। क्युशु टापुका सडकमा २० इन्चसम्म पानी जमेको छ भने घरहरु भत्किएका छन्।

फुकुका प्रान्त बढी प्रभावित भएको छ। उद्धारमा करिब १२ हजारभन्दा बढी सेना, प्रहरीसहितको उद्धार टोली खटिएको छ। अझै भारी वर्षा हुने अनुमान गरिएको छ। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असार २४ गते शनिवार ।