काठमाडौ । जापानको प्रसिद्ध परिकार रामेन नेपालमा नै खान पाइने भएको छ। काठमाडौँको मुटुबाट मात्र केही मिनेटको दुरीमा रहेको पार्क भिलेज रिसार्ट, बुढानिलकण्ठको हाता भित्र खुलेको छ होक्काइदो रामेन हाउसमा जापानको विशेष परिकार रामेन खान पाइने भएको हो।

जापानिज मेसिनबाट ग्राहकहरुको आँखा अगाडि तयार गरिएको रामेन नुडल्सले जापानको याद दिलाउने सञ्चालकको दावी रहेको छ। देश तथा बिदेशको अनुभव का साथै विभिन्न ख्याती प्राप्त रेष्टुरेन्ट व्यवसायीहरूको समूहबाट सञ्चालिन होक्काइदो रामेन हाउस यही ४ अप्रील बाट सञ्चालनमा आउन लागेको छ। अप्रिल महिना भरी २५ प्रतिशत को बिषेश छुट दिने सञ्चालकको भनाई छ ।

रामेन जापानको प्रसिद्ध परिकार हो। जापनिज खानाको स्वाद लिन चाहनेहरुको लागि यो स्थान राम्रो गन्तव्य हुने जिकिर अग्रज पत्रकार राजु भट्टको रहेको छ। आफ्नो अनुभव र सुमधुर रमणीय वातावरणमा खोलिएको उक्त रस्टुरेन्टले स्वदेशी तथा विदेशी ग्राहकहरुको मन जित्नेमा आफूहरू ढुक्क भएको सञ्चालक बताउँछन् ।
प्रकाशन मिति–२०७५ साल चैत्र १८ गते सोमवार ।