काठमाडौं। गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ।

सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ। हरेक मृतकका नाममा ३ लाखका दरले परिवारलाई आर्थिक सहयोग गरिने २ नंबर प्रदेश सरकारले जनाएको छ।

हालसम्म गएरातिको हावाहुरीका कारण ३१ भन्दा बढीको ज्यान गैसकेको छ। धेरैको संख्यामा घाइते भएका छन्। बारा तथा पर्साका अस्पतालमा धेरैको संख्यामा घाइतेहरुको उपचार गर्ने कार्य भैरहेको छ।


प्रकाशन मिति–२०७५ साल चैत्र १८ गते सोमवार ।