काठमाडौ। जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी दिइएको छ। जिम्बाबेका राष्ट्रपति एमर्सन मनाङ्गावाले देशका विभिन्न कारागारमा रहेका ३ हजार कैदी बन्दीलाई एकसाथ आम माफी दिएको घोषणा गरेका छन्।

आम माफी पाउनेमा जन्मकैदको सजाय पाएका बाहेक अन्य सबै महिला कैदी रहेका छन् । यसैगरी १८ वर्षभन्दा कम उमेर समूहका सबै कैदीलाई पनि रिहा गरिएको छ।

राष्ट्रपति मनाङ्गावाको पछिल्लो कदमले जिम्बाबेको कारागार व्यवस्थापनमा सहजता आउने अनुमान गरिएको छ ।

जिम्बाबेका प्रायः सबै कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेका छन् । यसअघि सन् २०१६ मा पनि कारागारमा ठाउँ खाली गर्न २ हजार कैदी बन्दीलाई छाडिएको थियो ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र ८ गते विहीवार ।