काठमाडौं। नेकपा एमाले जिल्ला कमिटी सदस्य सिन्धुपाल्चोक बाह्रबिसेका जुझारु युवा नेता युद्धविक्रम तामाङ पार्टी सुदृढताको लागि कटिबद्ध योद्धाका रुपमा पार्टी पंक्तिमा छन्। मुलुक र मुलुकवासीका लागि विभिन्न कोणवाट चिन्ता व्यक्त गर्दै जुझारु सोच र विचार पोख्ने कार्य बेला बखत युद्धविक्रमवाट हुंदैआएको छ।

जुन समय सन्दर्भ र युग सुहाउंदो हुने गरेको छ। यसक्रममा नेकपा एमालेको चितवनमा आयोजित भव्य १० औं राष्ट्रिय महाधिवेशनमा खुल्ला पत्र नै जारी गरेका छन्। १० औं राष्ट्रिय महाधिवेशन, नेकपा एमालेप्रति मेरो धारणा भनेर युद्धविक्रमले पार्टी पंक्तिलाई यसरी खुल्ला पत्र जारी गरेका छन्। जुन यसप्रकार रहेको छ–

“प्रतिनिधि के को लागि बन्ने ? पार्टी  केन्द्रीय सदस्य कस्तो चुन्ने किन बन्ने पार्टी अध्यक्ष कस्तो चुन्ने ? जो आएपनि एजेण्डा बिहिन नेतृत्वले खासै दिगो अर्थ राख्दैन ! नेकपा एमालेको अबको एजेण्डा नै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना नै एउटै बिकल्प सङकल्प ! अहिलेको शासकीय शासन संसदीय ब्यबस्था बदल्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनु पर्छ भन्ने एजेण्डा उठाउनु पर्छ ।

संसदले निति बनाउने हो,मन्त्री खाने होइन ! हाम्रो राष्ट्रमा यस्तै निति लागु गरे चुनाव खर्च र भ्रष्टाचार कम हुने थियो र अख्तिया सम्पतिसुदृढीकरण लगायत नेपालको सबै संवैधानिक अंगहरुको प्रमुख राजनीतिक भागबन्डा बाट नभै प्रत्यक्ष जनताद्वारा निर्वाचित गर्ने !!

बर्तमान अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री कमरेड केपी शर्मा ओली ज्यु , कमरेड पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री पार्टी उपाध्यक्ष तथा युवा नेता डा. भिम बहादुर रावल ज्यू लगायतका केन्द्रीय नेता कार्यकर्ता ले बुझ्नु पर्ने कुरा ! नीति र ब्यबस्था फेरिए २५ बर्ष देखि ८० बर्ष सम्मको नेतृत्व जो आएतापनि केही फरक हुन्न !

व्यक्तिले नीति चलाउने होइन नीतिले व्यक्ति चलाउने हो ! हामी कहाँ गलत ब्यक्तिले गलत नीति जारि गरेका छौ । कुनै पनि राष्ट्र समृद्ध र सुखी जनता हुनलाई त्यस्को लागि त्यो राष्ट्रको शासकीय शासन नीति राम्रो हुनु पर्छ ।

नेकपा एमालेको दशौ महाधिवेशनको अध्यक्षको उमेदवार रहनु भएका तपाई र सम्पूर्ण उमेदवार कमरेडहरुमा खुल्ला सत्र र बन्द सत्रलाई मध्यनजर गर्दै सर्बसहमतिमा भएपनि वा चुनाव भएपनि अबको नेतृत्वलाई खुल्ला पत्र !

ब्यक्ति बदल्न होइन नीति बदल्न सक्ने नेतृत्व चुन्न को लागि नै १० औं नेकपा एमालेको चितवन नारायणघाट हिजो भएको लाखौ लाख नेकपा एमालेको कार्यकर्ता नेता र जन सहभागी ले एैतिहासिक नेकपा एमालेको महाधिवेशनले प्रतिनिधि छनोट भयर गएको प्रतिनिधिहरुलाइ र पार्टी नेतृत्वमा उमेदवार दिई रहनु भएको नेतृत्वलाई म नेकपा एमालेको एक कार्यकर्ता र यो देश को युवाको नाताले मेरो केही सुझाव रहेको छ ।

नेकपा एमाले पार्टीको मार्गदर्शन सिद्धान्त मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादद्वारा संचालित एउटा मात्र सङ्गठन नेपालको कम्युनिष्ट पार्टी नेकपा एमाले राष्ट्र र नेपाली जनता सर्बहरा श्रमजीवी समावेशि समानता सबै बर्ग धर्म जातिको वर्गको राजनीतिक अगुवाइ र प्रतिनिधित्व गर्ने सस्था भएकोले मेरो केही सुझाब निम्नानुसार रहेको छ ।

अहिलेको बर्तमान अबस्थामा फोहोरी हाम्रो संसदीय ब्यबस्था जुवा खेल्ने जुवाडे को अखडा जस्तो संसदीय ब्यबस्था पटक पटक प्रधानमन्त्री पालैसँग बाँटफाट गर्नेहरुको अन्त्य गर्न को लागि केन्द्रीय अध्यक्ष केन्द्रीय सदस्य चुन्ने पार्टीको आन्तरिक चुनाव भएकोले जस्ले अहिलेको केही भाग संविधान संशोधन गरि प्रत्यक्ष जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री चुन्ने ब्यबस्था ल्याउन सक्ने वकालत गर्न सक्ने केन्द्रीय नेतृत्वलाई भोट गर्न र एजेन्डा उठाउन मेरो सुझाब रहेको छ ।

१० औं महाधिवेशनबाट पार्टीको सक्षम र सबल नेतृत्व चयन गर्ने महत्वोपुर्ण परिवेशमा देशको प्रणाली र व्यवस्थालाई नै नेपाली जनताको माग र आवश्यकतालाई व्यवस्थापन गर्न सक्ने नेतृत्व सफल बनाउनको निमित्त तपाइको मत दान र लक्ष रहोस भन्ने मेरो शुझाब रहेको छ । राष्ट्रको शासन प्रणालीको सन्चालन स्वतन्त्रता न्यायपालिका र मानव अधिकारको प्रत्याभूति लगायत लोकतन्त्रका विश्वव्यापी मान्यता प्रति प्रतिबद्ध नेपाली समाजमा दिगो शान्ति र सामाजिक आर्थिक क्षेत्रमा प्रगतिशील रुपान्तरण बनाउनको लागि अन्तिम बिकल्प नै प्रत्यक्ष कार्यकारी प्राष्ट्रपति वा प्रधानमन्त्री २ कार्यकाल भन्दा उठ्न नपाउने ब्यबस्था भय मात्रा नेपाल राष्ट्र र नेपाली जनताले उन्मुक्ति पाउने छ । भन्ने मेरो बुझाई र नेपाली जनताको माग रहेको छ । ।”

 

प्रकाशन मिति–२०७८ साल मंसीर १४ गते मंगलवार ।