काठमाडौं। एउटै आमाको कोखवाट जन्मेका जुम्ल्याहा सन्तानको पिता भने फरक फरक हुनु आफैमा बडा अचम्मको कुरा भएको छ। विश्वमा यस्तो बिरलै हुने गरेको घटना चीनमा भएको छ। चीनको सियामेन सिटीको यो घटनालाई त्यहाँको समाचार माध्यमलाई हवाला दिदै डेलीमेल अनलाइनले उल्लेख गरेको छ।

समाचार अनुसार, यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट मागेपछि यो कुराको खुलासा भएको हो। ती महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको डीएनए परीक्षणपछि स्वीकार गरेकी थिइन्।

यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ। कुनै पनि महिलाले निकै कम समयको बीचमा दुई पुरुषसँग यौन सम्बन्ध कायम गरे तथा त्यसक्रममा एउटा डिम्ब ती दुई छुट्टा–छुट्टै पुरुषको शुक्रकिटबाट सेचन भएमा यस्तो हुने विशेषज्ञहरुको निष्कर्ष छ।
हालसम्म विश्वमा फरक–फरक बुबा भएका जुम्ल्याहा जन्मेको १० भन्दा कम घटना छन्।
प्रकाशन मिति–२०७५ साल चैत्र १५ गते शुक्रवार ।