Jhamak Kumariकाठमाडौ। अपाङ्गता भएपनि लेखनकलामा अग्रता कायम गर्दैआएकी झमक घिमिरेको चर्चित कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र धनकुटावाट निर्माण थालनी भएको छ।

झमक घिमिरेको गृहनगर धनकुटामा काठमाडौवाट गएकी रंगकर्मी तथा संचारकर्मी रोजिता बुद्धाचार्यले झमक घिमिरेकै भूमिकामा झमककै अगाडि अभिनय गरेर सवैको वाहवाही पाएकी छन्।

Rojita Budhacharya

Jhamak Rojita Budhacharya

झमककै अगाडि झमक भएर अभिनय गर्दा एकाएक मन थाम्न नसकेर रोएकी रोजिताको अभिनयको तारिफ गर्नेहरुले रोजिताभित्र नै झमकलाई देखे। अनि कतिपयले उनैलाई झमक भन्न चुकेनन्।

मदन पुरस्कार विजेता कृति जीवन काँडा कि फूल चलचित्रको धनकुटा नगरपालिका वडा नंवर ३ स्थित कचिडेमा सोमवार शुभमुहर्त गरिएको थियो। विनोद विष्टको निर्देशन उक्त चलचित्रको धमाधम धनकुटामा छायाँकन भैरहेको बताइएको छ। २५ दिनभित्र चलचित्रको छायाँकन संपन्न गरिने चलचित्र निर्माण युनिटले भनेको छ।

प्रकाशन मिति–२०७२ साल चैत्र १६ गते मंगलवार ।