फर्केर हेर्दा–

काठमाडौं। नेपाल प्रहरीको लोकप्रिय कार्यक्रम प्रहरी अनुरोधमा लामो समय कार्य गरेर निवृत बनेका पूर्व प्रहरी  सुनकुमार अवाल नेपाल प्रहरीको त्यो बेलाको मेकअप आर्टिष्ट हुन्। प्रहरीको जागिरे हवल्दार अवालको विशेष काम भनेकै प्रहरी अनुरोधका समाचारवाचक तथा प्रहरी कलाकारहरुको अनुहारलाई मेकअपको माध्यमवाट सुन्दर वनाउने काम नै हो।

प्रहरी अनुरोध कार्यक्रममा कलाकारका अनुहारलाई टल्काउने काममा काठमाडौं र काठमाडौं वाहिर आतेजातेका क्रममा ख्यातिप्राप्त अभिनेत्री एवम् नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक सविता गुरुङसंग निकटता बढ्ने क्रममा दुवैले दिदीभाइको नाता नै कायम गरेका थिए। तीस बर्षअघि भाइटिकाको दिन मज्जाले टिका नै लगाएर टिका लगाएकी दिदी सविता गुरुङ र टिका लगाएका भाइ सुनकुमार अवालको भातृत्व प्रेम नेपाल प्रहरीको श्रव्य दृश्य शाखामा चर्चाको विषय नै बन्ने गरिन्थ्यो ।

अवालकै भाषामा त्यो बेला नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रम खिच्ने क्रममा प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाक तत्कालिन प्रहरी निरीक्षक स्वर्गिय किशोर खतिवडाको कमाण्डमा भैरहवामा प्रहरी अनुरोधको शुटिङ भएको थियो। तीस बर्षअघिको त्यो सम्झना आज पनि ताजगी भएर आउने गरेको अवालको भनाई छ।

त्यसलाई मिठो सम्झनाको रुपमा लिएको वताउने अवाल भैरहवाको बैंकरोडस्थित होटलमा शुटिङ युनिट बस्दा त्यहाँको स्थानीय तथा स्थानीय कलाकारहरुको स्नेह तथा माया अझैपनि यादगार भएको र त्यही तिहारको दिन ख्यातिप्राप्त अभिनेत्री सविता गुरुङसंग भाइटिका गरेर दिदीभाइको सम्बन्ध गाँसेको त्यो पल अझैपनि झलझली आइरहेको अवाल बताउंछन्।

भैरहवाको शुटिङ अवधिभर हरेक विहान टिका लगाएको दिदी सविता गुरुङसंग मर्निङ वाक हिंड्ने गरेको र प्रारम्भका दिनहरुमा विहानै फोन गरेर भाइको नाताले मर्निङ वाकमा जान उठाउने गरेको अवालले सम्झना गरे । हरेक दिनजस्तो अवालले नै गुरुङलाई फोन गरेर उठाउने गरेतापनि एकदिन मोवाइल नै स्वीच अफ गरेर बस्दा आफू एक्लै भैरहवाको मर्निङ वाकमा जानुपरेको त्यो दिक्कलाग्दो दिन अहिले पनि घरीघरी याद आउने गरेको सुनाउछन्।

शायद टिका लगाएकी सविता दिज्यूलाई अल्छी लागेको कारण मोवाइल स्वीचअफ गरेको रहेछ । शायद मलाई मर्निङ वाक जान नाइँ भन्न नसकेर त्यसो गरेको होला भनेर भन्ने अवालको टिका लगाएकी सविता दिदीसंग त्यसपछि भने कमै मात्र भेटघाट हुने गरेको भन्छन्।

प्रहरी सेवावाट रिटायर्ड भएयता त आधा दशकदेखि भेट पनि नभएको तितो यथार्थता पनि अवाललले सुनाएका छन्। भेट भएमा फेरि पनि एक दिन काठमाडौंमा टिका लगाएकी सविता दिदीसंग मर्निङ वाक जाने रहर भने नमेटिएको खुलासा गर्छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख १६ गते शुक्रवार ।