काठमाडौ। नेपाली हांस्य सिरियलको इतिहासमा लामो भागको अत्यन्त चर्चित सिरियल तितो–सत्यमा छन्दमा गाउने कलाकार छन्दे भनेर चर्चामा आएका कलाकार गोपाल ढकाल छन्दे अव नयाँ सिरियल ट्वाक्क–टुक्क रिटन्र्समा देखा परेका छन्।

gopal-dhakal-3

नयाँ स्टाइल तथा फरक भूमिकामा देखिएका कलाकार छन्देको गेटअप पनि नयाँ देखिएको छ। चर्चित टेलिभिजन स्टार दिनेश डीसीव्दारा निर्देशित कुनैबेला नेपाल टेलिभिजनमा अत्यन्त मन पराइएको ट्वाक्क–टुक्क सिरियलको नयाँ भर्सनको रुपमा केही समय यतावाट कान्तिपुर टेलिभिजनवाट हरेक शुक्रबार बेलुका ७.३० बजे प्रसारण हुनथालेको छ।

gopal-dhakal-2

यो हप्तासम्म नौ भागसम्म प्रसारण भैसकेको ट्वाक्क–टुक्क रिटन्र्सको भाग आठवाट मिस्टर फन्नीको नौलो भूमिकावाट कलाकार छन्देले प्रवेश पाएको हो। मिस्टर फन्नीको भूमिकालाई दर्शकहरुले अत्यन्त मन पराइएको निर्देशक दिनेश डीसीको भनाई रहेको छ। अव कलाकार छन्देलाई सवैले मिस्टर फन्नी भन्न थालिएको छ।

छन्देवाट मिस्टर फन्नी बनेका गोपाल ढकाल यो दर्शकहरुको प्यार तथा सदभाव भन्न चुक्दैनन्। दर्शकको ताली र गाली नै आफ्नो सफलताको रुपमा आफूले लिएको भिजन संसारसंगको संक्षिप्त कुराकानीमा कलाकार ढकालले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर १९ गते आइतवार ।