काठमाडौं। विश्व कीर्तिमानी कवि तथा गीतकार डाक्टर डीआर उपाध्यायको एकसाथ सात गीति कविता सार्वजनिक भएको छ। एउटै गीतलाई बाह्रवटा विभिन्न भाषामा रचना गरेर रेकर्ड गराएर गिनिज बुक अफ वल्र्ड सहित नेपाली साहित्य तथा गीत–संगीतवाटै विश्वका चर्चित ५२ विधामा समेत विश्व रेकर्ड कायम गरेका गीतकार डाक्टर डीआर उपाध्यायको एकसाथ सात गीति कविता सार्वजनिक भएको हो।

सार्वजनिक भएको सात गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएका गीति कविता रहेका छन्।

फरक शैलीका सार्वजनिक भएका ती सात गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गराउने कार्यमा आफू क्रियाशील भैरहेको जानकारी पनि डाक्टर डीआर उपाध्यायले दिएका छन्।

प्रकाशन मिति–२०७८ साल साउन २२ गते शुक्रवार ।