काठमाडौं। काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि शुक्रवार र पर्सी शनिवार घर पठाउने निर्णय फिर्ता भएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिले पूर्वतयारी बिना गरेको निर्णय डेढ घण्टामै उल्टिएपछि निर्णय फिर्ता भएको हो।

विना पूर्वतयारी निर्णय गरेर हतारमा सार्वजनिक भएको समितिको निर्णय डेढघण्टामा नै उल्टिएपछि पीडामा परेकाहरुलाई राहतको स्थानमा आघात पर्न गएको छ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै निर्णय नभएको र सञ्चार माध्यमहरुमा आएको समाचारमा ध्यानाकर्षण भएको उल्लेख रहेको छ।


प्रकाशन मिति–२०७६ साल चैत २७ गते विहीवार ।