काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार मन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई बुधबारै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथसमेत गराएकी छन् ।


गत बर्ष २०७५ साल फागनु १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन अवस्थामा थियो। मन्त्री अधिकारीको निधन भएपश्चात उक्त मन्त्रालययको कार्यभार प्रधानमन्त्री ओलीले नै बोक्दैआएका थिए।

ताप्लेजुङमा मन्त्री अधिकारीको विमान दुर्घटनामा निधन भएको थियो भने, सोही ताप्लेजुङ जिल्लामा विसं.२०२३ साल भदौ २१ गते जन्मिएका भट्टराई २०७४ सालको निर्वाचनमा त्यहीँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यो संयोग जस्ते भएको छ। नवनियुक्त मन्त्री भट्टराईले आफूलाई स्वर्गवासी मन्त्री अधिकारीको उत्तराधिकारीको रुपमा आएको र अधिकारीका सवै अपूर्ण कार्यहरु पूरा गर्ने बताएका छन्।

मन्त्रालयमा पुगेपछि मन्त्री भट्टराईले आफू सिकाउन आएको नभइकन सिक्न आएको भन्दै कर्मचारीहरुलाई उत्साहित बनाएका छन्।


प्रकाशन मिति–२०७६ साल साउन १५ गते बुधवार ।