काठमाडौं। नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित नौ विद्यार्थी संगठनहरुले असार २० गतेदेखि गरिने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन्।

शिक्षा मन्त्रालयमा सोमबार राति अबेरसम्म चलेको वार्तामा नौ बुँदे सहमति भएपछि विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका हुन्। शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि सुरु भएको वार्ता राति करिब साढे ११ बजे टुंगिएको थियो।

वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सूर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सनका कार्यवाहक अध्यक्ष अध्यक्ष डिके ढुंगाना, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायत सहभागी थिए।


प्रकाशन मिति–२०७५ साल असार १९ गते मंगलवार ।