काठमाडौ। नेपालका अग्रज व्युटीसियनहरुको छाता संगठन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको काठमाडौ, भक्तपुर तथा ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजना सामाजिक सहयोग कार्यक्रम भएको छ।

काठमाडौको गोकर्ण भैरबचौरस्थित स्वस्थ समाज नेपाल आश्रममा आवद्ध बौद्धिक अपाङ्ता भएका बाल–बालिकाहरुका लागि आवश्यक सहयोग आश्रमकी संस्थापक सीता श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

राष्ट्रिय सौन्दयकर्मी युनियन नेपाल काठमाडौ जिल्ला कमिटीकी अध्यक्ष गंगा ज्यों श्रेष्ठको नेतृत्वमा गएको १५ जना व्युटीसियनहरुले व्यक्तिगत रुपमा नगद तथा खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो।

व्युटीसियनहरुको पनि समाजप्रति उत्तरदायित्व भएको र त्यसअनुरुप आफूहरुले त्यसप्रकारको सहयोग गरेको टोलीको नेतृत्व गर्ने चर्चित मेकअप आर्टिष्ट समेत रहेकी गंगा ज्यों श्रेष्ठले भनेकी छन्। नेतृ श्रेष्ठले यसप्रकारको कार्य गर्ने र गराउने आफ्नो तीन बर्षअगाडि देखिको चाहना बल्ल पूरा भएकोमा अत्यन्त आत्मिक संतुष्टि लागेको पनि बताएकी छन्।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकमी युनियन नेपाल ललितपुर जिल्ला कमिटीकी सचिव प्रभा केसी आफूलाई पहिला देखि यसप्रकारको सामाजिक कार्यमा संलग्न हुने रहर भएतापनि हुन नपाएको र पहिलो पल्ट बौद्धिक अपाङ्ता भएको बालबालिकाहरुलाई सहयोग गर्न पाउंदा मन प्रफुल्लित भएको मनको कुरा भन्न चुकिनन्।

त्यसैगरी भक्तपुर कमिटीकी सचिव सुजना श्रेष्ठ तथा केन्द्रिय समितिकी उपाध्यक्ष गंगा नकर्मीले पनि युनियनको सामाजिक कार्य तथा सेवाको बारेमा उल्लेख गरेका थिए।कार्यक्रममा प्रमुख अतिथिको आसनवाट सञ्चार मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष तथा नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राईले व्युटीसियन दिदीबहिनीहरुको यसप्रकारको सामाजिक सेवाले बौद्धिक अपाङ्ता भएका बालबालिकाहरुको बृति विकासमा केही रुपमा भएपनि सहयोग हुन पुगेको उल्लेख गरे।

स्वस्थ समाज नेपालकी संस्थापक अध्यक्ष सीता श्रेष्ठले धन्यवाद व्यक्त गर्दै संस्थाको उदेश्य तथा कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन्। भिजन संसारका समाचार सम्पादक श्याम स्मृतले कार्यक्रम संचालन गरेका हुन्।

सहयोग हस्तान्तरणको औपचारिक कार्यक्रमको लगतै सहभागी व्युटीसियनहरुले स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्ता भएका बालबालिकाहरुलाई डान्स देखाएर मनोरञ्जन प्रदान गने कार्य समेत गरेका थिए। जसवाट ती बालबालिकाहरु अत्यन्त रमाएका थिए।
प्रकाशन मिति–२०७४ साल मंसीर ४ गते सोमवार ।