काठमाडौं। नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसमा यो बर्ष सार्वजनिक भएको बुुनियाद गीतकार डीपी दाहाल परिश्रमीको तीज गीतले दश  दिनमा नै रेकर्ड राखेको छ।

सार्वजनिक भएको एक हप्तामा नै गीतकार परिश्रमीको तीज गीत माइतिको आँगनमा नाचम्लाले १० लाखभन्दा बढी भिउअर्सको रेकर्ड राखेको हो।

गायिका शान्तिश्री परियारको बुलन्द गायन तथा फिचरिङ रहेको छ। संगीत पुुरुषोतम न्यौपानेले दिएका हुन।

यस तीज गीतको भिडियोलाई डिलाइटेड म्युजिकले सार्वजनिक गरेको दश दिनभित्र १० लाखभन्दा बढी युट्युबका दर्शकहरुले हेरेर अपार साथ र सहयोग गरेकोमा गीतकार परिश्रमीले सवैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७९ साल साउन २६ गते विहीवार ।