काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । तर, मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पुनःपेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

नयाँ मूल्य अनुसार पेट्रोल, डिजेर र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ। यसपटक खाना पकाउने ग्यासको मूल्य पनि बढेको छ। जसअनुसार प्रतिसिलिन्डर २५ रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँ पुगेको छ।

प्रकाशन मिति–२०७८ साल असार २२ गते मंगलवार ।