काठमाडौं। नेपाली चलचित्र उद्योगकी ख्यातिप्राप्त हांस्य अभिनेत्री पल्पसा डंगोल चम्सुरी बाँच्नु न मर्नुको पीडामा परेकी छन्। दुवै किड्नी फेल भएपछि चम्सुरी बाँच्नु न मर्नुको पीडामा परेकी हुन्।

हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको बेड नंबर ३०५ मा उपचार्थ रहेकी अभिनेत्री पल्पसा डंगोल चम्सुरी उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल जांदा दुवै किड्नी फेल भएको प्रमाणित भएको जानकारी अभिनेता रवि डंगोलले भिजन संसार डटकमलाई दिएका छन्। अभिनेता डंगोलका अनुसार, अभिनेत्री चम्सुरीको अवस्था गंभीर रहेको छ।

त्रिवि शिक्षण अस्पतालमा चम्सुरको दुईपल्ट डायलोसिस गरिसकेको छ। पाँच बर्षदेखि किड्नीको समस्या झेल्दैआएकी चम्सुरीको चाँडै नै किड्नी ट्रान्सप्लान्ट गर्नु आवश्यक भैसकेको छ। चम्सुरीले आफूलाई बचाउन अस्पतालको बेडवाट आफूलाई बचाउन अनुरोध गरेकी छन्। कोही शुभेच्छुक डोनर भएमा आफूलाई एउटा किड्नी दान गरेर आफ्नो जीवन रक्षा गर्न पनि भनेकी छन्।

किड्नी ट्रान्सप्लान गर्न पाएमा पहिला जस्तै आफू कला क्षेत्रमा प्रतिबद्ध भएर लाग्ने वताउंदै भक्कानिदै बेहोस जस्तो नै भएको अभिनेत्री दीपाश्री निरोलाले बताएकी छन्।

–पल्पसा डंगोललाई यदि तपाईहरु मध्ये कसैले सहयोग गर्न चाहनु हुन्छ भने, सिधा यो फोन नंबर 9803133669 मा संपर्क गर्नु हुन अनुरोध छ।

प्रकाशन मिति–२०७८ साल साउन २ गते शनिवार ।