काठमाडौं। प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ। विघटित संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमवार एकसाथ प्रदर्शन गरेको हो।

यसक्रममा काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ मा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का लोकप्रिय तथा जनप्रिय सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा सभा–जुलुस भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ को मध्यविन्दू चण्डोलस्थित विशाल मिलन केन्द्रवाट शुरुभएको विरोध जुलुसमा नेपाली कांग्रेसका कार्यकर्ता तथा सर्वसाधरणहरुको विशेष सहभागिता रहेको थियो।

विशाल मिलन केन्द्रवाट शुभारम्भ भएको सभा तथा जुलुस महाराजगञ्ज चक्रपथमा पुगेर कोणसभा भएको थियो। सभालाई नेपाली कांग्रेसका केन्द्रिय नेता डाक्टर प्रकाशशरण महत लगायतले संवोधन गरेका थिए।

यसैक्रममा भक्तपुरको मध्यपुर थिमीको सभालाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिएभने, बरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा आयोजित सभालाई सम्बोधन गरेका थिए। महामन्त्री डाक्टर शशांक कोइरालाले आफ्नै निर्वाचन क्षेत्र नवलपुरमा सम्बोधन गरेका थिए।

त्यस्तैगरेर, पूर्व महामन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्र काठमाडौंको बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गरेका थिए।


प्रकाशन मिति–२०७७ साल पुस १३ गते सोमवार ।