Dhanding Accidentकाठमाडौ। धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१० मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ। जिल्ला सदरमुकाम धादिङबेसीबाट त्रिपुरासुन्दरी गाउँपालिका जाँदै गरेको बस बाटैमा बिग्रिएपछि सोही बसका यात्रु बोकेको ग १ ख ३८०५ को स्कुल बस दुर्घटना भएको हो।

बस त्रिपुरेश्वर बोर्डिङ स्कुलको हो। समाचार अनुसार, नियमित त्रिपुरेश्वर चल्ने क्युको गाडी बाटैमा बिग्रीपछि त्रिपुरेश्वरकै स्कुल बस बोलाएर यात्रु पठाउने क्रममा गाडी दुर्घटनामा परेको हो। बस धादिङवेशी सल्यानटार सडकखण्डको भकारे भन्ने ठाउँबाट ३ सय मिटर तल खसेको छ। दुर्घटनामा २० भन्दा बढी घाइते भएको अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते सबैको जिल्ला अस्पताल धादिङ्गमा उपचार भैरहेको पनि प्रहरीले भनेको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १४ गते आइतवार ।