काठमाडौ। सुन्दा नै अनौठो लाग्ने प्रसंग नेपालमा नै भएको छ। त्यो पनि पूर्वी नेपालको इलाममा भएको हो। इलाममा जनसंख्या कम हुन थालेकोले इलाम नगरपालिकाले जति धेरै बच्चा जन्मायो। त्यति नै मात्रामा प्रोत्साहन भत्ता दिने निर्णय गरिदिदा हलचल नै मच्चाइदिएको छ।

दुई सन्तान ईश्वरको बरदान भन्ने परिवार नियोजनको अवधारणालाई समेत लात मारेर दुईभन्दा बढी सन्तान जन्माउने दम्पत्तिलाई प्रोत्साहित गर्ने इलाम नगरपालिकाको निर्णय इलामवासीले नै विरोध गरेका छन्। उनीहरुले इलामका महिलाहरुलाई बच्चा जन्माउने मेशिन इलाम नगरपालिकाले बनाउन खोजेकोमा त्यसको घोर विरोध गरेको छ।

नेपाल महिला संघले इलाममा मंगलवार पत्रकार सम्मेलन गर्दै सो निर्णयको विरोध गरेको हो । महिला संघ इलामकी अध्यक्ष निर्मला सञ्जेलले महिलालाई बच्चा जन्माउने मेसिन मात्र नसम्झन नगरपालिकालाई आग्रह गरे । सो निर्णयले गरीबलाई अझ गरीब बनाउने, अशिक्षितको संख्या बृद्धि हुने उनको तर्क थियो ।
प्रकाशन मिति–२०७४ साल चैत्र १३ गते मंगलवार ।