मध्यपुर थिमि । इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा नंबरी इभेन्ट म्यानेजमेन्ट कंपनी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनमा ११ औं लिट्टल च्याम्प इन्टरनेशनल २०२० संपन्न भएको छ।

भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका चाइनारोड स्थित थिमि ब्यांक्विटमा शनिवार ११ औं लिट्टल च्याम्प इन्टरनेशनल २०२० संपन्न भएको हो।

भव्य तथा सभ्य ढंगवाट भएको उक्त कार्यक्रममा यो बर्षको मिनि क्विक्स लिट्टल च्याम्प २०२० प्रिन्सा बाटी बन्न सफल भएकी छन्। रनर अप भने आमन कसपाल बने।

त्यस्तै, जुनियर क्वीक्स लिट्टल च्याम्प २०२० भने सुप्रिया नगरकोटी बनेकी छन्। रनअप जेसिका रेग्मी बनिन्। सिनियर क्वीक्स लिट्टल च्याम्प २०२० रिकेश खत्री भएका छन्। रनरअप जस्मिन डंगोल बनेकी छन्।

कार्यक्रमको आयोजना तथा संयोजन आयोजक मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी कार्यकारी प्रमुख मोहना क्षेत्रीले गरेकी थिइन्।
प्रकाशन मिति–२०७६ साल माघ १२ गते आइतवार ।