rekha-thapa-with-suntaliकाठमाडौ। नेपाली चलचित्र उद्योगकी नंवर वान नायिका रेखा थापा अत्यन्त मनकारी मात्र नभइकन उपकारी पनि भएको विभिन्न दृष्टान्तवाट प्रमाणित भैसकेको छ।

गत बर्ष नेपालमा विनाशकारी भूकम्प आउंदा काठमाडौ लगायतका विभिन्न स्थानमा भूकम्प पीडितहरुलाई ठाउंका ठाउं सहयोग प्रदान गरेकी उनै नायिका थापाले शुक्रबार भूकम्पले क्षतिग्रस्त बनेको सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती विकासका लागि नगद १ लाख प्रदान गरेकी छन्।

धुर्मुस–सुन्तली फाउण्डेसनको अगुवाईमा निर्माण भैरहेको उक्त बस्ती विकासको लागि नायिका थापा धुर्मुस–सुन्तली फाउण्डेसन पुगेर फाउण्डेसनकी कोषाध्यक्ष सुन्तली कुन्जना घिमिरेलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी थिइन्।

नायिका थापाले नेपाली चलचित्र उद्योगको आफूले प्रतिनिधित्व गरेर व्यक्तिगत रुपमा आफूले सानो रकमको सहयोग गरेको बताएर थप महानता प्रदर्शन गर्ने कार्य भएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ ७ गते शुक्रबार ।