काठमाडौं। गीतको माध्यमवाट झम्मझम्म पानी पार्ने गायकको रुपमा परिचय वोकेका गायक रामकृष्ण श्रेष्ठको गायनमा नयाँ गीत रेकर्ड भएको छ। त्यो पनि गायिका एलिना चौहानसंग युगल गीत गाएर नयाँ आयाम थपेका छन्।

एलिनासंग दिल खोलेर रामकृष्णले गाएको गीतको वोल नै नखाउन बैनी खैनी रहेको छ। खैनी खाने राम्रो बानी नभएको र यो स्वास्थ्यको लागि हानिकारक छ भन्ने विलकुलै राम्रो सन्देशका रुपमा रहस्यात्मक गीत गाएको दिल खोलेर गायक रामकृष्ण श्रेष्ठले भिजन संसार डटकमलाई भनेका छन्।

खैनी खाने बैनीलाई सचेत गर्ने र गराउने कार्य संभवत रामकृष्ण श्रेष्ठको यो नयाँ गीतवाट दिने प्रयास भएको हो। गीतको वोल अनुसार नै भिडियो निर्माण गर्ने तयारीमा रहेका गायक रामकृष्ण श्रेष्ठले गाएको यो गीतका गीतकार केशव अधिकारी तथा संगीतकार कृष्ण केसी हुन ।

प्रकाशन मिति–२०७८ साल साउन १२ गते मंगलवार ।