Donald Trump with his wife Maleniya Trump
Donald Trump with his wife Maleniya Trump

काठमाडौ। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मलेनिया ट्रम्प नग्न तस्वीरका कारण हाल निक्कै चर्चामा रहेकी छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आगामी जनवरी महिनामा विश्वको शक्तिसंपन्न अमेरिकाको राष्ट्रपतिको पदवहाली गरेपछि मलेनिया अमेरिकाको फस्ट लेडी बन्ने निश्चित भैसकेको बर्तमान अवस्थामा मलेनिया ट्रम्पको नग्न तस्वीरको कारण अलि कठिनाइ उनलाई हुन पुगेको छ।

Maleniya Trump-Nude photo shoot
Maleniya Trump-Nude photo shoot

अमेरिकाको पूर्वसुपर मोडल समेत बनिसकेकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पकी कान्छी पत्नी मलेनिया ट्रम्वको अमेरिकाको चर्चित अखवार न्यूयोर्क पोष्टले चुनाव प्रचारताका नै प्रकाशित गरेको थियो। सोही नग्न तस्बीर हाल डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित बनेपछि थप चर्चामा आएको छ। मलेनिया ट्रम्पको ती नग्न तस्बीरहरु भाइरल नै बन्न थालेको छ। केही बर्षअघि न्यूयोर्क पोष्टकै एक म्यागाजिनका लागि खिचाएको सोही तस्वीरहरु फेरि न्यूयोर्क पोष्टमा हेडलाइन बनेपछि थप चर्चा सहित विशेष समाचार बनेको हो।

Maleniya Trump-Nude style poze
Maleniya Trump-Nude style poze

सन् १९९६ सालमा नै न्यूयोर्क पोष्टमा मलेनियाको नग्न तस्वीर प्रकाशित भैसकेको पनि न्यूयोर्क पोष्टले जनाएको छ। त्यसको लगतै सन् २००० मा बेलायती एक म्यागाजिनको लागि पनि मलेनियाले नग्न फोटोसुट गरेकी थिइन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको चुनाव जितेर विश्वलाई चकित पारिरहेको बेलामा मलेनियाले पनि नग्न तस्वीर मार्फत रेकर्ड कायम गरेकी छन्।

meleniya-trump-nude-pics-3

अमेरिकी फस्टलेडीको इतिहासमा नग्न तस्वीरको कारण व्यापक चर्चामा आउने तथा नग्न तस्वीरमा रेकर्ड राख्ने पहिलो अमेरिकी लेडीमा मलेनिया ट्रम्प नै हुने निश्चित भएको छ। सन् १९७० मा जन्मेकी मलेनिया नवनिर्वाचित राष्ट्रपति ट्रम्पकी तेश्री पत्नी हुन्। ट्रम्पभन्दा उनी आधा उमेरले कान्छी छिन्।

meleniya-trump-nude-pics-5

राष्ट्रपति ट्रम्प अहिले ७० बर्ष पुगिसकेका छन्। १६ बर्षको उमेर देखि मोडलिङ्ग शुरु गरेकी मलेनियाले ट्रम्पलाई सन् १९८८ सालमा भेटेकी थिइन्। सन् १९९९ सालसम्ममा उनीहरु वीच निक्कै प्रगाढता भैसकेको थियो। सन् २००५ मा दुवैवीच विवाह भएको थियो।

meleniya-trump-nude-pics-2
प्रकाशन मिति–२०७३ साल कात्तिक २७ गते शनिवार ।