काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज आइतवार नेपाल बन्द गर्दा नेपाली जनताको जन–जीवन प्रभावित बनेको छ। काठमाडौ उपत्यका सहित नेपालभर बन्दको प्रभाव देखिएको छ। बन्दको बेला कुनैपनि अप्रिय घटना हुनवाट बचाउन नेपाल सरकारले कडा सुरक्षा व्यवस्था अपनाएको बताएको छ।

nepal-banda-2काठमाडौ उपत्यका लगायतका देशभरका चोक चोक तथा भित्री गल्लीहरुमा समेत सादा पोशाकका प्रहरी खटाइएको सरकारको दावी रहेको छ। यस क्रममा काठमाडौका विभिन्न स्थानमा बन्द गराउंदै हिंडेका बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरिएको छ।

सिन्धुलीको चियावारीमा भने अज्ञात समूहले एउटा बलेरी गाडीमा आगजनी गरिदिएको प्रहरीले भनेको छ। काठमाडौवाट बर्दिवास जाँदै गैरहेको स १ च ११४४ नंबरको उक्त गाडीमा आगजनी गरिदिएको हो। त्यसरी आगजनी गर्नेको व्यापक खोजी भैरहेको पनि प्रहरीले जनाएको छ। आगजनीवाठ गाडी पूर्णरुपमा ध्वंस्त भएको छ। मानविय क्षति भने भएको छैन्।

nepal-banda-1

नेपालमा कालाबजारी, महंगी, मूल्यबृद्धि नियन्त्रणको माग गर्दै विप्लव माओवादीले बन्द गरेको बताएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक २८ गते आइतवार ।