काठमाडौ । नयाँ पुस्ता यानी युवा वर्गमा टुनामुना तथा ज्योतिष विधामा बढी नै चासो हुन थालेको छ । जतिसुकै एडभान्स एवम् मोडर्न भनिएतापनि उनीहरुमा नजानिदो तवरले त्यसप्रकारको चासो बढ्नुलाई अनौठो मानिन थालिएको छ। यसो हुनुमा बर्तमान प्रतिको अविश्वास तथा भविष्य चिन्ताले हुनुपर्ने तर्क नेपाली अजय देवगनका रुपमा चिनिएका युवा ज्योतिष–बा नवराज वागदास को रहेको छ।

भारतीय ख्यातिप्राप्त अभिनेता अजय देवगनको अनुहारसंग झण्डै झण्डै अनुहार मिलेका युवा ज्योतिष–बा वागदास रहरले भन्दा बाँध्यतालो ज्योतिष–बा बनेका हुन् । वागदासको पुख्र्यौली पेशा नै फुकफाक अनि कालोपाटीमा कोरकार तथा चामलको गेडालाई मिलमिलाम गरेको भरमा अन्दाजवाट निस्केको तर्क भन्नु हो। जुन तर्कवाट संतुष्ट मानेर निको हुने पुस्तावाट गुज्रेको वागदासको त्यो पुस्तालाई अनुसरन गर्दै उनी पनि पुर्खा जस्तै नचाहेर पनि ज्योतिष–बा बनेका हुन्।

भारतीय ख्यातिप्राप्त अभिनेता अजय देवगन जस्तै वागदासको चाहना त सिनेमामा हिरो वन्नु हो। उक्त अतृप्त चाहनालाई फुकफाक गर्दा–गर्दै कोही चलचित्र निर्माता–निर्देशकको फोन आएमा जसरी भएपनि समय निकालेर फिल्म खेल्न पुग्ने वागदासले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरिसकेका छन्। केहीमा हिरो त धेरैमा ध्यान योगी बाबाको भूमिका नै गरेका छन्।

काठमाडौंको नैकाप स्थित विष्णुदेवी मन्दिर नजिक रहेको शिवशक्ति आश्रममा दिनहुँ जस्तो व्यस्त वन्ने गरेका वागदास विहान ७ वजे आसनमा वस्यो भने, कति दिन त राति अवेर १० वजेसम्म वस्दा पनि विरामी अनि जिज्ञासुको कमी नभएको उनको दावी रहेको छ । विशेष गरेर, युवा वर्गको नै यसतर्फ बढी चासो बढे्को र उनीहरुमा प्रेम जिज्ञासा, प्रेम–पीडा, धोका तथा उनीहरुको प्रेमलाई फर्काउन प-यो भनेर आउनेहरु बढी भएको बताउँदै फोटोको भरमा परम्परागत उपचार गर्ने कार्य गर्दै आएको समेत उनले भनेका छन् ।

प्रकाशन मिति–२०७९ साल फागुन २२ गते सोमवार ।