काठमाडौं। तामाङ भाषा चलचित्रका नंबरी नायक सागर घिसिङ र नायिका मिना लामाको मनमोहक अभिनय रहेको विलकुलै नयाँ गीत ‘तिम्रो साथ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।

सुन्दर प्रेमकथामा आधारित म्युजिक भिडियोमा नायक घिसिङ र नायिका लामाले स्वभाविक अभिनय गरेर गहिरो छाप राख्न सफल भएका छन्। नगरकोटको रमणिय दृश्यमा दुई दिन लगाएर छायाँकन गरिएको उक्त म्युजिक भिडियोमा गायक कविन्द्र तामाङ र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ।

गीतमा कविन्द्रकै शब्द र संगीत रहेको छ। गीतलाई कर्साङ लामाले मिक्सिङ मास्टरिङ गरेका छन् । विक्रम लामा मोक्तानको छायाँकन रहेको म्युजिक भिडियोमालाई अजय स्याङ्तानले निर्देशन गरेका हुन्।

प्रकाशन मिति–२०७९ साल असोज २८ गते शुक्रवार ।