Deepak Chhetriकाठमाडौ। लामो समयदेखि घाँटीभित्र मासुको डल्ला पलाएको कारण विरामी पर्दैआएका अभिनेता दीपक क्षेत्रीको सहयोगार्थ अमेरिकामा जुटेको सहयोग रकम नेपाल पठाइएको छ।

अमेरिकामा रहेका नेपालका ख्यातिप्राप्त हाँस्य अभिनेता नारायण त्रिपाठीको अगुवाईमा संकलन गरिएको सहयोग रकम अमेरिकन डलर १ हजार १ सय अर्थात १ लाख १२ हजार २ सय रुपैया विरामी कलाकार दीपक क्षेत्रीलाई हस्तान्तरण गर्न चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटाको नाममा पठाइएको छ।

Narayan Western Union

हाँस्य अभिनेता त्रिपाठीले वेस्टर्न युनियन मनी ट्रान्सफरवाट अध्यक्ष सापकोटालाई पठाइएको हो। जुन रकम दीपक क्षेत्रीलाई चलचित्र पत्रकार संघ नेपालले एक समारोहका साथ हस्तान्तरण गरिने भएको छ। अमेरिकामा दीपक क्षेत्री उपचार कोष खडा गरेर हाँस्य अभिनेता त्रिपाठीले त्यहाँ रहेका सवैलाई सहयोग गर्न आव्हान गरेका थिए। त्यस आव्हान अनुरुप उक्त रकम जम्मा गर्न आफू सफल भएको बताउंदै अभिनेता त्रिपाठीले ठूलो रकम अमेरिकामा रहेका प्रसिद्ध कलाकार प्रेमराजा महतले १ सय ५० डलर, रामप्रसाद खनालले १ सय १ डलर प्रदान गरेको बताएका छन्।

Vetran & Well Known Artist of Nepal-Mr. Narayan Tripathi.
Vetran & Well Known Artist of Nepal-Mr. Narayan Tripathi.

महत र खनाल लगायत अन्य सहयोग गर्ने सवैलाई धन्यवाद भनेर त्रिपाठीले भनेका छन्। स्वदेश तथा विदेशवाट यसरी प्राप्त सहयोग १० लाख रकम आफ्नो हातमा परिसकेको र अव उपचार पछि निको हुने आशा आफूमा जाँगेको प्रतिक्रिया विरामी अभिनेता दीपक क्षेत्रीले भिजन संसारलाई दिएका छन्।

चलचित्र झोलाको अभिनय पश्चात घाँटीभित्र पलाएको मासुको डल्लाले स्वरग्रन्थीलाई अबरोध उत्पन्न गराएर अभिनेता क्षेत्रीको स्वर भाँसिदै गएको थियो। पैसाको अभावले उपचार गराउन नसक्दा मर्नु र बाँच्नुको दोसाँधमा परेका अभिनेता क्षेत्रीको यो पीडामा विदेशमा रहेका समाजसेवी नेपाली कलाकार नारायण त्रिपाठी जस्ताको सहयोगवाट दीपक क्षेत्रीले नयाँ जिन्दगी पाउने निश्चित भएको छ।

Deepak Chhetriप्रकाशन मिति–२०७४ साल बैशाख ७ गते विहीवार ।