Kumari Matina Shakya 4काठमाडौ। नेपालका जीवित देवी कुमारीको रुपमा विगत नौ बर्षदेखि पूजिदैआएकी मतिना शाक्य पहिलो पल्ट सार्वजनिक समारोहमा देखिदा अत्यन्त गंभीर देखिएकी छन्। यो बर्षको दशैवाट कुमारीवाट निर्वतमान कुमारी बनेकी मतिनाको त्यो गंभीरतालाई शायद कुमारी हुनुको गंभीरता तथा अनुशासन हो।

Kumari Matina Shakya 3सोही गंभीरता तथा अनुशासनमा रहेर कुमारीवाट निर्वतमान बनेको दुई हप्ता पछि पहिलो पल्ट सार्वजनिक समारोहमा पहिलो पल्ट चाँदीको सिक्काको विमोचन गरेकी छन्। बौद्ध विव्दान पण्डित हेमराज शाक्यको चित्र अंकित नगद १ हजार ४ सय मूल्यको चाँदीको सिक्का विमोचन गर्दा समेत निर्वतमान कुमारी मतिनाको अनुहारमा हाँसो र खुशीको लहर देखिएको थिएन।

अझ कतिले उक्त सिक्का किनेर सोही सिक्काको पाटोमा विमोचन गर्ने कुमारी मतिनाको अटोग्राफ लिदा पनि उनी उही मुद्रामा थिए। काठमाडौको भोटाहिटी स्थित दगुं वहालमा आयोजित कार्यक्रममा कुमारी मतिनाको त्यो गंभीरता अनि शालिनता देखेर सवै मौन थिए। कति त कुमारी मतिनामा जीवित देवीको रुप तथा दर्शन खोजिरहेका थिए।

Kumari Matina Shakya 5

उनीहरु भित्र–भित्रै पहिला जस्तै कुमारी मतिनालाई नमन गरिरहेका थिए। उनै निवर्तमान कुमारी मतिनाले विमोचन गरिएको हेमराज शाक्यको चित्र अंकित चाँदीको सिक्का नव–नियुक्त कुमारी तृष्णा शाक्यलाई चढाइने आयोजक भिन्तुना गुठीले भनेको छ। नेपाल संवत अनुसारको नयाँ बर्ष ११३८ को पावन अवसरमा उक्त चाँदीको सिक्का निकालिएको आयोजक भिन्तुना गुठीले जनाएको छ।

Kumari Matina Shakya 1गुठीले यो बर्ष नेपालभाषा, लिपिको साथै वौद्ध धर्म क्षेत्रमा विशिष्ट योगदान दिदैआएका प्रखर व्यक्तित्व पं.हेमराज शाक्यको चित्र अंकित चाँदिको सिक्का निष्कासन गरेको हो। नेपाल संवत नयाँ बर्षको अवसरमा हरेक बर्ष सिक्का निष्काशन गर्दै आएको गुठीको यो १३औं सिक्का हो।

Kumari Matina Shakya 2यसभन्दा अगाडि पनि नेपालभाषा क्षेत्रमा योगदान दिने विभिन्न ११ व्यक्तित्वको साथमा भगवान गौतम बुद्धको समेत चित्र अंकित चाँदीको सिक्का गुठीले निष्काशन गरिसकेको छ। गुठीका अध्यक्ष गोपालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.प्रेमशान्ति तुलाधरले पं. हेमराज शाक्यको परिचय प्रस्तुत गरेकी थिइन्।

पण्डित शाक्यका सुपुत्र सुरेन्द्र शाक्यले आफ्ना स्वर्गीय पिताको योगदान, व्यक्तित्वबारे चर्चा गरेका थिए। गुठीका निवर्तमान अध्यक्ष रत्नवीर शाक्यले गुठीबाट हरेक वर्ष निष्काशन हुने सिक्काको पहिलो प्रति कुमारीलाई चढाउने प्रचलन रहेको बताए।
प्रकाशन मिति–२०७४ साल असोज २८ गते शनिवार ।