• काठमाडौ। नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको काठमाडौको माइतीघर मण्डलामा जबरजस्ती प्रदर्शन गर्ने पक्राउ परेको छ।

  • विवेकशील साझा पार्टीले शनिवार जवरजस्ती निषेधित क्षेत्रमा प्रदर्शन गरेपनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रदर्शन स्थल कायम गर्न माग गर्दै प्रदर्शन गरिरहेको विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

  • पक्राउ पर्नेमा पार्टीका संयोजक उज्ज्वल थापा, केन्द्रीय सदस्य शशीविक्रम कार्की, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायत छन्। जनताले आफ्ना कुरा स्वतन्त्र रुपमा राख्न पाउनु पर्नेमा सरकारले अंकुश लगाएकाले माइतीघरलाई पुनः प्रदर्शन स्थल कायम गरिनु पर्ने विवेकशील साझा पार्टीको माग रहेको जनाएको छ।

  • गिरफ्तार गरिएका कार्यकर्ताको तत्काल रिहाई गर्न पनि विवेकशील साझाले माग गरेकोे छ।

    प्रकाशन मिति–२०७५ साल असार १६ गते शनिवार ।