काठमाडौं। काठमाडौंका स्थानीय जनता विशेषत् गैरन्यायिक सडक विस्तारवाट अत्यन्त दुःखी र पिडित बनेका छन्। त्यसरी गैरन्यायिक सडक विस्तारवाट पिडित काठमाडौंका स्थानीय जनताको दुःखको मल्हम लगाइदिने काठमाडौंका खास नेता नदेखिएको अवस्थामा यतिखेर जनता समाजवादी पार्टी नेपाल जसपाका नेता राजेन्द्र श्रेष्ठ दमदाररुपमा देखिएका छन्।

आगामी मंसीर ४ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नंबर ७ बाट उम्मेदवार बनेका नेता श्रेष्ठको मूल प्रतिवद्धता नै गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्नु रहेको छ। प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ जसपाको छाता चिन्हका साथमा उम्मेदवार रहेका काठमाडौंका खास नेता श्रेष्ठले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्नुलाई विशेष मुददा बनाएका छन्।

गैरन्यायिक सडक विस्तारवाट काठमाडौंका स्थानीय जनताहरुको उठिवास भएको छ। उनीहरुका लागि पूर्नरबास गर्न र गराउन तथा पुनःस्थापित गराउने मूल मुदददा बोकेर जनतामाझ आएका नेता श्रेष्ठले यस कार्यमा आफू तदारुकतासाथ लाग्ने कसम नै खाएका छन्।

लामो समयदेखि यस क्षेत्रको विकास निर्माणका साथै देशमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि आवाज उठाउँदै आएका नेता श्रेष्ठले अन्याय, अत्याचार, असमानता, विभेद र उत्पीडनमा परेका नेपाली जनताहरूलाई सामाजिक–आर्थिक न्याय दिलाउन अग्रता दिइरहेका छन्।

विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता श्रेष्ठ निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पनि हुन्। स्थानीय जनताको अटुट माया, साथ र भरोसाले विसं.२०५१ सालको आम निर्वाचनमा विजयी बनेपछि त्यस क्षेत्रमा विद्युत्, सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा नेता श्रेष्ठले धेरै काम गरेको स्थानीय वासिन्दाले विर्सेका छैनन्।

विसं. २०५६ सालको आम निर्वाचन अघिसम्म भौतिक योजनामन्त्री पनि रहेका उनी आम जनता नै आफ्नो शक्ति भएको खुलासा गर्छन्। वडा नगर विभिन्न क्षेत्रबाट पनि काम गर्दै सांस्कृतिक क्षेत्रमा समेत सबल रुपमा कार्य गरेका उनी विसं. २०५१ सालदेखि निरन्तर काठमाडौं क्षेत्र नम्बर ७ मा नै सक्रिय छन्। निर्वाचन लडेर २०५१ मा जितेपछि २०५६ सम्म सांसदको रूपमा रहेको थिए।

त्यति बेला जनताको आकाङ्क्षाहरू धेरै थिएनन्। घरमा बिजुली, बाहिर निस्किँदा सडक होस्, खानेपानीको राम्रो सुविधा होस् भन्ने थियो। घरमा गएर स्विच थिच्ने बित्तिकै बत्ती बलोस् भन्ने थियो । कतिपय टोलहरूमा टुकी बाल्नुपर्ने अवस्था थियो। त्यहाँबाट निस्किँदा गाडी गुड्ने सडक होस्। घरमा पानीको व्यवस्था होस् भन्ने थियो। बाहिर खोल्साहरूमा गएर पानी लिनुपर्ने समस्या थियो। त्यो सवै विसं.२०५५ सालमा भौतिक योजना मन्त्री हुँदा पूरा गरेको नेता श्रेष्ठको जिकिर र दाबी रहेको छ। बौद्धिक तथा कवि मन भएका नेताका रुपमा नेता श्रेष्ठलाई चिनिन्छ।
प्रकाशन मिति–२०७९ साल कात्तिक १२ गते शनिवार ।