काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोनाभाइरसको संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत स्वास्थ्यलाभको कामना गरेका हुन्।

कोरोनाभाइरसको संक्रमणपछि आइतबार अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जनाएको छ।

प्रकाशन मिति–२०७६ साल चैत २५ गते मंगलवार ।