ललितपुर। नेपालका बाजीगर मेयरका रुपमा अत्यन्त चर्चा पाएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको शारीरिक फिटनेसको चर्चा चलेको छ।

स्वस्थ र सदा तन्दूरुस्त बन्नका लागि शारीरिक फिटनेस गर्न रुचाउने फिट एण्ड फाइन मेयर महर्जनले विहीवार ललितपुरको कुमारीपाटीस्थित अग्नि फिटनेस क्लबको उदघाटन मात्र नगरिकन फिटनेस गर्ने समेत कार्य गरेका छन्।

क्लबका संस्थापक एवं प्रशिक्षक राजेन्द्र महर्जनको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा १९ वडाका वडाध्यक्ष बिनोद ताम्राकार, ललितपुर उद्योग बाणिज्य संघका भूतपूर्व अध्यक्ष अजरमान जोशी, बरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, रुपकुमार शाक्य र अग्निशाला मंकाः खलःका अध्यक्ष बुलाल महर्जन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष अतिथीका रुपमा ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले एकै ठाउँमा शारिरीक ब्यायामकासाथै योगा प्रशिक्षण पनि गरिने जानकारीले आफू प्रभावित भएको बताए। उनले योगाको अभ्यासले शारिरीकका साथै मानसिक स्वास्थ्यमा पनि क्लबले योगदान दिन सक्ने धारणा राखे।

शारिरीक तन्दुरुस्तीकालागि योगा प्रशिक्षण, बडी बिल्डिंग, कार्डियो, एरोबिक्स, जुम्बासँगै अतिरिक्त बोसो पगाल्न सहयोगी साउना, स्टिम बाथको पनि सुविधा रहेको क्लबका प्रबन्धक बाबुराजा ज्यापूले जानकारी दिए।

न्यूनतम मासिक ३ हजार ५ सय देखि अधिकतम बार्षिक ४२ हजार सम्मको प्याकेजमा त्यहाँ रहेका सबै सुविधाहरु लिन सकिने प्रशिक्षक एवं संस्थापक एवं सभापति राजेन्द्र महर्जन बताउँछन्।

बिहान ६ बजे देखि बेलुका ८ बजेसम्ममा जुनकुनै समयमा पनि सदस्यले नियमित समय बिताउन सकिने यस क्लबमा ब्यक्तिको स्वास्थ्य, ईच्छा र समयानूकुल प्याकेजमा व्यायाम गर्न सक्ने बाबुराजा ज्यापू बताउँछन। उनका अनुसार हालकालागि जिम, कार्डियो प्रशिक्षणमा राजेन्द्र महर्जन, संजय डंगोल र जुम्बाकालागि रोमा श्रेष्ठ बरुण र पूजा बज्राचार्य रहेका छन्।

Photo By-Rajesh Bajracharya / Ravi Maharjan

प्रकाशन मिति–२०७५ साल बैशाख २० गते विहीवार ।