काठमाडौ। नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको २३औं वार्षिकोत्सबको उपलक्ष्यमा विशेष सम्मान कार्यक्रम भएको छ। यस विशेष सम्मान कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई विशेष सम्मान गरिएको छ।

Prem Sagar Karmacharyaनेपालका रक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा भएको विशेष सम्मान कार्यक्रममा मन्त्री प्रधानले रेकर्डेट रक्तदाता कर्माचार्यलाई विशेष सम्मान प्रदान गरेका हुन्। नेवाः देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकारले नेवारी परम्परा अनुसार शिरमा बेतालि बाढ्न लगाएर ऐतिहासिक बेतालि–सम्मान जाहेर गरेका थिए।

नेवाः देय् दबूका संरक्षक मल्ल के सुन्दर,नेपाली काँग्रेसका नेता तीर्थराम डंगोल र डा. महेशमान श्रेष्ठ, विशेष अतिथि र अतिथिहरूमा क्रमशः राष्ट्रिय पञ्चाङ्ग निर्णायक संघका कीर्तिमादन जोशी,धर्मशोभा तुलाधर,नेपाः पार्टीका अध्यक्ष डा. बिजय सैंजु, टोखा नगर पालिकाका उप–प्रमुख ज्ञानमाया डंगोल,डा.चन्द्रमान बज्राचार्य र साँसद चन्द्र महर्जन रहेका थिए।

उक्त कार्यक्रमको समुद्घाटन २३ वटा सुकुन्दामा सामुहिक दीप प्रज्वलन गरेरगरिएको थियो। सो कार्यक्रमको संचालन माहिला बाबू द्योलाले गरेका थिए।

प्रकाशन मिति–२०७४ साल भाद्र १३ गते मंगलवार ।