Badhi Pairo UK Help 2लण्डन । धादिङ–नुवाकोट समाज बेलायतले नेपालमा हालै गएको बाढी–पहिरो र डुबानपीडित परिवारजनलाई राहत उपलब्ध गराउने कार्य भएको छ।

अबिरल बर्षादको कारण नेपालको तराई भू–भागमा आएको बाढीले ठूलो धनजनको क्षतिप्रति गहिर दुख ब्यक्त गर्दै धादिङ–नुवाकोट समाज बेलायतले यस्तो मानबिय कार्यमा सर्लाहीको डुबान क्षेत्रमा संस्थाकै प्रतिनिधी पुगेर आपतकालिन रुपमा अत्याबश्यक राहत सामाग्रीहरु बितरण गरेको हो।

Badhi Pairo UK Help 1गत शुक्रबार समाजका अध्यक्ष चोक बहादुर तामाङको अध्यक्षतामा बसेको कार्यसमितिको बैकले संस्थाका उपाध्यक्ष ईन्जिनियर दीप तामाङ २७ र २८ अगष्ट २०१७ का दिन बाढी प्रभावित सर्लाही पुगेर स्थानीय सामाजिक अभियन्ता तथा बाल सचेतना केन्द्रमा अध्यक्ष सुरेन्द्र लामाको संयोजनमा अत्याबश्यक सामाग्रीहरु बितरण गरिएको हो।

Badhi Pairo UK Help 4संस्थाका महासचिब धन बहादुर पाख्रिनका अनुसार समाजका सदस्यहरुबाट ५ लाख भन्दा बढी रकम संकलन साथै Nepalies Ladies London Borough of Hounslow ले जम्मा भैसकेको सम्पूर्ण रकम सिधै प्रभावीत क्षेत्रको लागि अत्याबश्यक सामाग्री खरिद गरेर पठाइएको छ।

Badhi Pairo UK Help 3

प्रकाशन मिति–२०७४ साल भाद्र १४ गते बुधवार ।