नयाँ दिल्ली। नेपालको ग्लोबल आइएमई बैंक र भारतको इन्द्रप्रस्थ स्थित अपोलो अन्तराष्ट्रिय अस्पताल बीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई भारतमा गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो। उक्त सम्झौता-पत्रमा ग्लोबल आइएमइ बैंकका तर्फबाट भारतस्थित सम्पर्क कार्यालयका प्रमुख ज्वाला शर्मा र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेका हुन्।

अधिकांश नेपालीहरु उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा जाने हुँदा बैंकले आफ्ना ग्राहकलाई भारत स्थित अपोलो अस्पतालसंग सम्झौता गरेको भनेको छ। सम्झौता पश्चात उक्त अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट–क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक एवं कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउने भएका छन्।


प्रकाशन मिति–२०७५ साल जेठ १५ गते मंगलवार ।