काठमाडौ। कोही भोका नरहुन भन्ने लक्ष्य बोकी लायन्स अन्तर्राष्ट्रिय सप्ताह व्यापी कार्यक्रम अन्तर्गत संचालित कार्यक्रम अन्तर्गत लायन्स तथा लियो क्लब चाबहिल र लायन्स क्लव सेन्ट्रलको संयुक्त आयोजनामा सफलता एच. आई. भी.शिक्षा सदन कीर्तिपुरका विद्यार्थीहरुको लागि खाद्यान्न सामाग्री, कम्मल हस्तान्तरण कार्य भएको छ।

शिक्षक राजकुमार पुनको प्रयासबाट पिडित विद्यार्थीहरु जम्मा गरी सन् २०११ मा स्थापना भएको उक्त सदनमा २३ जना विद्यार्थी रहेका छन । उक्त कार्यक्रममा कार्यक्रमका संयोजक लायन सुमन श्रेष्ठ, लायन रवीन्द्र श्रेष्ठ, अध्यक्ष लायन शान्ति वैद्य, लायन शिवराब प्रधानले मन्तव्य राखेका थिए।

लायन्स क्लव अफ चावहिल विगत साढे दुई दशकदेखि सामाजिक, शिक्षा, स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा रहँदै आएको क्लवका अध्यक्ष लायन शान्ति वैद्यले बताएकी छन्।

त्यसैगरेर, सोमवार काठमाडौको गौरीघाट गुहेश्वरी स्थित प्रणवानंन्द आश्रममा आश्रित ६० जना बालबालिकालाई बालभोजन गराएको जानकारी हालै नव निर्वाचित अध्यक्ष लायन सुमित्रा दंगालले दिएकी छन्। कार्यक्रममा लायन पूर्ण संगत, लायन प्रधुम्न जोशी लगायतकाको विशेष सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७५ साल जेठ १५ गते मंगलवार ।