काठमाडौं। नेपालको पहिलो समावेशी म्युजिक अवार्ड नेशनल पावर न्यूज म्युजिक अवार्ड हुने भएको छ। यही माघ २४ गते काठमाडौंको राष्ट्रिय नाचघरमा नेशनल पावर न्यूज म्युजिक अवार्ड हुने भएको हो।

पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न हुन गईरहेको दोस्रो ‘ नेशनल पावर न्यूज म्युजिक अवार्ड–२०१९’ का सर्वोत्कृष्ट ५ को मनोनयनमा पर्न सफल स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

नेपालको पहिलो समावेशी म्युजिक अवार्ड नेशनल पावर न्यूज म्युजिक अवार्ड सोमवार काठमाडौंको लाजिम्पाटस्थित किङ्स् प्यालेश रोधीघरमा आयोजित सो समारोहमा नोमिनेशनमा परेका ५१ विधाका २ सय ५५ स्रष्टा तथा प्राविधिकलाई प्रमाणपत्र वितरण गरिएको हो।

समारोहमा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित प्रमुख अतिथिका रुपमा उपस्थिति रहेको कार्यक्रमको बेजोड रुपमा संचालन आयोजक समितिका अध्यक्ष माधव खरेलले गरेका थिए। साथमा जुझारु अभिनेता श्रीदेव भट्टराईले पनि साथ दिएका थिए।


अवार्डमा नेपालभाषा, तामाङ, राई, काँठे, देउडा, गुरुङ, लिम्बू र मैथिली गरी ८ भाषाका सर्जक–कलाकार समावेशी विधा अन्तर्गत प्रतिस्पर्धामा रहेका छन्।

अवार्ड आयोजक कमिटीको अध्यक्षमा माधवराज खरेल, सदस्य सचिवमा श्रीदेव भट्टराई, कार्यक्रम संयोजकमा कमला जोशी, प्राविधिकमा राजन खरेल र राम ढकाल, व्यवस्थापनमा अर्जुन खरेल, राजन थापा, अर्विन्द्र गौतम र सपना जोशी एवं संचार संयोजकमा गीता अधिकारी रहेका छन्।

प्रकाशन मिति–२०७५ साल माघ १५ गते मंगलवार ।