काठमाडौंं। आफ्नै देशमा पनि सवारी साधन निस्फिक्री चलाउन नपाउने भएको छ। एक प्रदेशको सवारी अर्को प्रदेशमा गुडाउंदा त्यस प्रदेश सरकारलाई जानकारी गराउनु पर्ने भएको छ। नेपालको १ नंबर प्रदेशले अरु प्रदेशमा दर्ता भएका र अरु प्रदेशवाट आएका सवारी साधनको जानकारी चौविस घण्टाभित्र १ नंबर प्रदेशलाई जानकारी दिन अनिवार्य गरेको हो।

१ नंंबर प्रदेशमा अन्य प्रदेशको सवारी साधन प्रवेश गरेको २४ घण्टाभित्र नजिकको प्रहरी कार्यालयमा जानकारी दिनुपर्ने प्रदेश सरकारले व्यवस्था गरेको छ । प्रहरीले अन्य प्रदेशबाट आएको सवारीको बारेमा नजिकको यातायात व्यवस्था कार्यालयलाई जानकारी गराउनु पर्छ। १ नंबर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा यस्तो व्यवस्था गरिएको हो।

‘अन्य प्रदेशको सवारी साधन यस प्रदेशमा लगातार तीन महिनाभन्दा बढी समय चलाउनका लागि तोकिए बमोजिमको दस्तुर बुझाएर यातायात व्यवस्था कार्यालयबाट अनुमति लिनुपर्ने छ,’ विधेयकमा भनिएको छ, ‘अन्य प्रदेशमा दर्ता भएका सवारी यस प्रदेशमा निरन्तर चलाउन सवारी दर्ता सरुवा गर्नु पर्नेछ।’

कुनै किसिमको सवारी दर्ता नवीकरण गराउँदा ५ वर्षसम्मका लागि एकैपटक समेत दर्ता गराउन सकिने विधेयकमा व्यवस्था छ। ५ वर्षसम्मका लागि एकै पटक सवारी दर्ता नवीकरण गराउनेलाई शुल्कमा १० प्रतिशत छुटको व्यवस्था विधेयकमा गरिएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं १२ गते विहीवार ।