लण्डन। बेलायतमा संसद निलम्बन भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद निलम्बनको घोषणा गरेका छन्। निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव प्रधानमन्त्री जोनसनले महारानी एलिजावेथसमक्ष पेश गरेका हुन्।

बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ। निलम्बनले आगामी अक्टोबर ३१ तारिखबिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुन पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ।

निलम्वनका कारण प्रधानमन्त्री जोनसनको सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न संसदमा हुने महारानीको सम्बोधनलाई भने असर नपर्ने जनाइएको छ। निलम्बनको प्रस्ताव विवादमा परेको छ। कतिपय सांसदहरुले यसको विपक्षमा आवाज उठाएका छन् । सामान्यतया संसद्को नयाँ सत्र शुरु हुनुअघि केही समयका लागि मात्र संसद स्थगन हुने गरेकामा यसपटक फरक अवस्थामा संसद निलम्वन गरिएको हो।
प्रकाशन मिति–२०७६ साल भदौं १२ गते विहीवार ।